Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक र मालवाहक दुवै सवारीमा ५ प्रतिशतले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार डिजेलको मूल्य उल्लेख्य रूपमा बढेपछि भाडा समायोजन गरिएको हो। यसअघि प्रतिलिटर करिब १८० रुपैयाँ रहेको डिजेल हाल २३५ रुपैयाँभन्दा माथि पुगेको छ, जसले यातायात खर्चमा ठूलो असर पारेको छ। यसअघि पनि चैत महिनामा भाडा समायोजन गरिएको थियो। त्यसयता इन्धनको मूल्य दुई पटक बढेपछि व्यवसायीहरूले पुनः भाडा वृद्धि गर्न दबाब दिँदै आएका थिए।

विभागले विभिन्न सूचकको आधारमा बढी दरमा भाडा बढाउने सिफारिस गरे पनि अन्ततः ५ प्रतिशत वृद्धि मात्र लागू गरिएको हो। नयाँ भाडादर मन्त्रालयको सहमतिमा कार्यान्वयनमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया