Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै योग्य व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो। यसअघि अध्यक्ष रहेका सन्तोष श्रेष्ठले वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए।

इच्छुक उम्मेदवारले ७ दिनभित्र अर्थ मन्त्रालयअन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो विवरण बुझाउनुपर्नेछ। अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार, वित्तीय क्षेत्र, वाणिज्य व्यवस्थापन वा कानुनमा कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने मापदण्ड तोकिएको छ।

यसका साथै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन वा लागूऔषध सम्बन्धी अपराधमा दोषी ठहर भएका व्यक्तिहरू आवेदन दिन अयोग्य रहनेछन्।

 

 

तपाईको प्रतिक्रिया