Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा वृद्धि देखिएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको भाउ पनि स्थिर उच्च देखिएको छ । आज कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा कायम भएको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ०५ पैसा रहेको छ ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा हुँदा दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा कायम भएको छ । कुवेती दिनारको भाउ सबैभन्दा उच्च रहँदै एक दिनारको बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा पुगेको छ ।

नेपाली बजारमा भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

तपाईको प्रतिक्रिया