Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – अमेरिकी भन्सार महसुलमा भएको वृद्धिले जापानको अटोमोबाइल निर्यातमा गम्भीर असर पारेपछि जापान लगातार पाँचौँ वर्ष व्यापार घाटामा देखिएको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२५ मा जापानले १.७१ ट्रिलियन येन (करिब १०.७ अर्ब डलर) को व्यापार घाटा बेहोरेको हो ।#

जापानको अर्थ मन्त्रालयले जारी गरेको प्रारम्भिक प्रतिवेदन अनुसार सेमिकन्डक्टर र इलेक्ट्रोनिक उपकरणको विश्वव्यापी मागका कारण निर्यात ४ प्रतिशतले बढेको छ भने सञ्चार उपकरणको आयातमा पनि ०.५ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । तर, जापानको अर्थतन्त्रको मेरुदण्ड मानिने अटोमोबाइल क्षेत्रमा अमेरिकी नीतिका कारण ठूलो गिरावट आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस फिर्तीसँगै सन् २०२५ अप्रिलदेखि जापानी गाडीमा लगाइएको करका कारण अमेरिकातर्फको निर्यातमा ६.६ प्रतिशतले गिरावट आएको छ । यो विगत पाँच वर्षयताकै पहिलो गिरावट हो । विशेषगरी अटो निर्यात १५.९ प्रतिशतले घटेको छ ।

टोकियो र वासिङ्टनबीच भएको व्यापार सम्झौतापछि सेप्टेम्बरमा सवारी साधनमा लगाइएको २७.५ प्रतिशतको उच्च करलाई घटाएर १५ प्रतिशतमा झारिएको थियो । यद्यपि, यो कर ट्रम्प सत्तामा आउनुअघिको २.५ प्रतिशतको तुलनामा अझै ६ गुणा बढी हो, जसले जापानी कारलाई अमेरिकी बजारमा महँगो बनाएको छ ।

आर्थिक वर्षभर घाटा देखिए पनि मार्च महिनामा भने जापानले ६६७ अर्ब येनको व्यापार नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा २५.९ प्रतिशतले बढी हो ।

इरान र इजरायलबीचको तनाव तथा मध्यपूर्वको युद्धका कारण इन्धन आपूर्तिमा भने केही प्रभाव देखिएको छ । मन्त्रालयका अनुसार मध्यपूर्वबाट हुने तेल आयातमा जोखिम बढेपछि जापानले अमेरिका लगायतका वैकल्पिक क्षेत्रहरूबाट इन्धन आपूर्ति सुनिश्चित गर्ने प्रयास गरिरहेको छ । मार्चमा कच्चा तेलको आयात २.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया