Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

(कविता)

निलो स्वच्छ आकाशमा
तामा र सुन छरिए जस्तै
देख्न थालिएछ पश्चिममा
दृष्टि दिँदा लाग्छ ईन्द्रियहरूको प्रतिविम्व
सूर्य अस्ताउन लागेछ

उनकी आमाकी गोधूलीमा
विशाल झर्नाकी ध्वनी गूञ्जिरहन्छ
भीमकाय पृथ्वीको फाँटमा
कहिले सुस्तरि, कहिले वेगसरि
निस्लोट आफ्नै तालमा, झरिरहन्छ झर्ना
हजारौं संगीतको तृप्त रचना गर्दै

रातपछि दिन, दिनपछि रात
मदहोस प्रकृतिको क्यानभासमा
सूर्य आफ्नो कर्तव्य पुरा गरि
जाँदैछ भोली फर्कने आकांक्षा लिई
यै क्षितिजको दृश्य दिई
आकाशमा मादक सुन तामा छरि
जाँदैछ आफ्नो कार्य पुरा गरि
आलिङ्गन संन्ध्यालाई छाडि
नित्यदिन असीम उत्सर्ग लिई । ।
***

तपाईको प्रतिक्रिया