Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको लेबनान युद्धविराम सम्झौताले इजरायलमा आश्चर्य र असन्तुष्टि उत्पन्न गरेको छ । युद्धविराम लागू हुनुअघि उत्तरी इजरायलमा लेबनानतर्फबाट रकेट आक्रमण भएपछि कम्तीमा तीन जना घाइते भएका थिए, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

इजरायलको उत्तरी सहर नहारियालगायत क्षेत्रमा साइरन बजेको थियो भने हवाई प्रतिरक्षा प्रणालीले केही रकेटहरू अवरोध गरेको थियो । यसबीच स्थानीय बासिन्दाहरूले सरकारले युद्ध अन्त्यको स्पष्ट रणनीति नदिएको भन्दै आलोचना गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामलाई लेबनानसँग ऐतिहासिक शान्ति सम्झौतामा पुग्ने अवसर बताएका छन् । तर उनले इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता नहुने र सुरक्षा क्षेत्रमा यथावत् रहने स्पष्ट पारेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार युद्धविराम घोषणा हुनुअघि सुरक्षा मन्त्रिपरिषद् बैठक छोटो सूचनामा बोलाइएको थियो र मन्त्रीहरूलाई मतदानको अवसरसमेत नदिइएको दाबी गरिएको छ ।

इजरायलका पूर्व सेना प्रमुख गादी आइजनकोटले राष्ट्रिय हित सुरक्षित हुने गरी शक्ति प्रदर्शनपछि मात्र युद्धविराम हुनुपर्ने बताएका छन्। उनले नेतान्याहू सैन्य उपलब्धिलाई कूटनीतिक सफलतामा बदल्न असफल भएको आरोप लगाएका छन् ।

हालै गरिएको सर्वेक्षणअनुसार अधिकांश इजरायली नागरिकले हेजबोल्लाहविरुद्ध कारबाही जारी राख्न समर्थन गरेका थिए। विश्लेषकहरूका अनुसार धेरै इजरायलीले यो युद्धविरामलाई द्वन्द्व समाधानभन्दा पनि अमेरिकाको दबाबमा भएको निर्णयका रूपमा हेरेका छन् ।

तपाईको प्रतिक्रिया