Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – राजधानीमा आयोजित विन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करणमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई १ लाख रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा गीतकार विजय शिवाकोटीले ५० हजार रुपैयाँसहित सङ्गीत साधना सम्मान पाए भने गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज सङ्गीत रत्न सम्मान प्रदान गरियो। लोकगायक पशुपति शर्माले लोक सङ्गीत सम्मान प्राप्त गर्दा पत्रकार पवन आचार्यलाई कला पत्रकारिता सम्मान दिइयो।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विभिन्न १२ विधामा पुरस्कार वितरण गरिएको थियो। परेली गीतबाट शिव परियार उत्कृष्ट गायक र के हेरेको टुलुटुलुबाट समीक्षा अधिकारी उत्कृष्ट गायिका घोषित भए।

त्यस्तै, लोकदोहोरीतर्फ अर्जुन सापकोटा र ज्योति मगर उत्कृष्ट बने। अन्य विधामा पनि कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया