Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेत्री नोरा फतेही नयाँ चलचित्र ‘केडी: द डेविल’ को गीतलाई लिएर विवादमा परेकी छिन्। मार्च १५ मा सार्वजनिक भएको गीत ‘सरके चुनर तेरी सरके’ ले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ। गीतका शब्दहरू आपत्तिजनक भएको भन्दै दर्शक र केही कलाकारहरूले आलोचना गरेका छन्।

प्रसिद्ध गायक अरमान मलिकले पनि यस विषयमा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत अहिलेका व्यावसायिक गीतहरूको स्तर घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सुरुमा गलत सुनेको जस्तो लागेको तर पुनः सुन्दा शब्दहरू निकै कमजोर र अनुपयुक्त लागेको उनले बताएका छन्।

गीतमा नोरा घाँघरा–चोली पहिरनमा नृत्य गर्दै देखिएकी छिन् भने सञ्जय दत्त पनि फिचर भएका छन्। मंगलीको स्वर रहेको यो गीत रकीब आलमले लेखेका हुन्। विवाद बढेपछि निर्माण पक्षले गीत आधिकारिक युट्युब च्यानलबाट हटाएको छ। चलचित्र भने आगामी अप्रिल ३० मा प्रदर्शन हुने तयारीमा छ। 

तपाईको प्रतिक्रिया