Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्। यससँगै यसपटकको चुनावमा राप्रपाले पहिलो जित दर्ता गरेको छ।

शनिबार फागुन २३ गते दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीलाई २ हजार ९४२ मतान्तरले पराजित गरेका हुन्। शाहीले कुल १४ हजार ६५ मत प्राप्त गरे भने भण्डारीले ११ हजार १२३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही ६ हजार ६६४ मतसहित तेस्रो स्थानमा रहे। नेकपा (एमाले)का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विनीता कठायतले ३९८ मत मात्र प्राप्त गरिन्। कुल मतको १० प्रतिशतसमेत मत ल्याउन नसकेपछि उनको जमानत जफत भएको छ। कठायत यसअघि समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।

तपाईको प्रतिक्रिया