Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – रविन्द्र मिश्रले तत्कालका लागि सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ उपाध्यक्ष रहेका उनले सामाजिक सञ्जालमार्फत आफूले सोचविचार गरेर यो निर्णय लिएको बताएका छन्।

देशमा राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत देखिए पनि त्यसलाई संगठित गर्न पार्टी सफल हुन नसकेको भन्दै उनले त्यसको नैतिक जिम्मेवारी लिँदै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्। उनले आजैदेखि लागू हुने गरी पदबाट अलग भएको जानकारी दिएका छन्। मिश्रले राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका विषयमा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन्। अब केही समय गैरदलीय अर्थात् स्वतन्त्र रूपमा आफ्ना विचार सार्वजनिक गर्ने उनको भनाइ छ।

राजनीतिक यात्रामा साथ दिने देश–विदेशका नेपाली र पार्टीका नेता–कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी ले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै देशको राजनीति सही दिशामा अघि बढोस् भन्ने कामना पनि गरेका छन्।

तपाईको प्रतिक्रिया