Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेबाट मतदान जारी छ । देशभर उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । तर, केही ठाउँका मतदाता भने भोट खसाल्न गएका छैनन् ।

दोलखाको गौरीशंकर गाउँपालिका-९ वेदिङका मतदाता दिउँसो साढे ३ बजेसम्म पनि भोट खसाल्न गएनन् । उक्त स्थान जिल्लाकै दुर्गम मानिन्छ । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेको जिल्ला निर्वाचन जिल्ला निर्वाचन अधिकारी अप्सरा खत्रीले जानकारी दिइन् । ११३ जना मतदाता रहेको सो केन्द्रमा मतदान अधिकृतसहित पाँचजना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन् ।

त्यस्तै, दार्चुला अपिहिमाल गाउँपलिका-३ का भट्टार, रजिउडा, धामीगाउँ र झस्कु चौडका मतदातले पनि मताधिकार प्रयोग गरेनन् । त्यहाँका मतदाताले फागुन ११ गते गाउँपालिकालाई पत्र बुझाएका थिए । पत्रमा मतदान केन्द्रमा पुग्न ३-४ घण्टा समय लाग्ने भन्दै आफ्नो वडा विभाजन गरी सहज बनाउन माग गरेका थिए । तर, आफ्ना माग पूरा नभएको भन्दै त्यहाँका मतदाता मतदान गर्न गएनन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित सहिद आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय मतदाता मतदान गर्न गएनन् । प्रदेशस्तरीय अस्पताल निर्माण गर्न प्रदेश सरकारले बजेट नदिएको भन्दै स्थानीय मतदाताले मतदान नगरेको स्थानीयले जनाएका छन् । ७०१ जना मतदाता छन्, जहाँ ६ जना कर्मचारी खटिएका छन् ।

दाङको बबई गाउँपालिका-७ तल्लो मलैखोलास्थीत देउती माविमा पनि अपराह्न ४ बजेसम्म मत खसेको छैन । ५३० मतदाता रहेको मतदान केन्द्रमा अहिलेसम्म मतदान नभएको मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिएका छन् । यसैगरी, ओलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको टोक्सेलस्थित मतदान केन्द्रमा पनि मतदान गर्न कोही गएका छैनन् । यहाँ ८०१ मतदाता छन् ।

तपाईको प्रतिक्रिया