Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा होली मनाउने क्रममा भएको झडपपछि प्रहरीमाथि आक्रमण गरेको आरोपमा १२ जनामाथि अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार साँझ भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

होली खेल्ने क्रममा दुई पक्षबीच सुरु भएको विवाद चर्किँदै हिंसात्मक बनेको थियो। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै स्थानीय समूह जाइलागेपछि अवस्था थप तनावपूर्ण बनेको बताइएको छ।

झडपका क्रममा असई डबल साउद गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। इन्स्पेक्टर बलराम पाण्डे र अन्य दुई घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भिड नियन्त्रणबाहिर गएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। घटनापछि थप तनाव रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया