Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वप्रसिद्ध पप गायिका तथा ग्रामी अवार्ड विजेता शाकिरा आगामी अप्रिलमा १९ वर्षपछि भारत आउँदैछिन्। ‘फिडिङ इन्डिया’ र ‘डिस्ट्रिक्ट बाई जोमाटो’ले दिएको जानकारी अनुसार उनले अप्रिल १० मा मुम्बई र अप्रिल १५ मा दिल्लीमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। यसअघि शाकिराले सन् २००७ मा आफ्नो ‘ओरल फिक्सेसन’ टुरअन्तर्गत मुम्बईमा कन्सर्ट गरेकी थिइन्। लामो समयपछि हुन लागेको उनको भारत भ्रमणले दक्षिण एसियाली प्रशंसकहरूमा उत्साह थपेको छ।

आयोजकका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक उद्देश्यका साथ गर्न लागिएको हो। ‘फिडिङ इन्डिया’ नामक गैरनाफामूलक संस्थाले भोकमरी र कुपोषणविरुद्धको अभियानलाई सहयोग पुर्‍याउने लक्ष्यसहित कन्सर्ट आयोजना गरेको जनाएको छ। शाकिराले मुम्बईको Mahalaxmi Racecourse र दिल्लीको Jawaharlal Nehru Stadium मा आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन्। प्रेस वक्तव्यमा उनले भारतमा प्रस्तुति दिन पाउँदा आफू सधैँ उत्साहित रहने बताउँदै बालबालिकाको पोषणका विषयमा आवाज उठाउन पाउनु विशेष अवसर भएको उल्लेख गरेकी छन्।

“Hips Don’t Lie”, “Whenever, Wherever” र Waka Waka (This Time for Africa) जस्ता विश्वप्रसिद्ध गीतमार्फत चर्चित शाकिरा ऊर्जावान् प्रस्तुतीका लागि चिनिन्छिन्। साथै उनले आफ्नै ‘बेयरफुट फाउन्डेसन’मार्फत शिक्षा र बालकल्याणका क्षेत्रमा पनि काम गर्दै आएकी छन्। यही सामाजिक प्रतिबद्धताका कारण यो कन्सर्टलाई संयुक्त राष्ट्रसंघको ‘जिरो हङ्गर २०३०’ लक्ष्यमा सहयोग पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया