Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैँ – बलिउड अभिनेता राजपाल यादव दिल्लीको तिहाड जेलबाट जमानतमा रिहा भएका छन् । दिल्ली उच्च अदालतले ९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा उनलाई ३० दिनका लागि अन्तरिम जमानत दिएको हो ।

रिहा भएपछि उनले आफ्नो कठिन समयमा साथ दिने सबै प्रशंसकप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै उनले फिल्म उद्योगसँग फेरि काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।

राजपालले भनेका छन् कि आफू जुनसुकै भूमिकामा काम गर्न तयार रहेको र पारिश्रमिक पनि निर्माता वा निर्देशकले निर्धारण गरेअनुसार स्वीकार गर्ने बताएका छन् ।

उनी जेलमा रहेका बेला सलमान खान, अजय देवगन, सोनु सूद लगायतका कलाकारहरूले सहयोग गर्ने बताएका थिए । रिहाइपछि राजपालले ती सबैप्रति आभार व्यक्त गरेका छन् ।

यो मुद्दा करिब १६ वर्ष पुरानो हो । उनले सन् २०१० मा ‘अता पता लापता’ फिल्म निर्माणका लागि ५ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त फिल्म सफल नभएपछि उनले ऋण तिर्न सकेनन् र सन् २०१३ देखि कानुनी प्रक्रिया सुरु भएको थियो ।

ऋणमा ब्याज जोडिँदै रकम करिब ११ करोड रुपैयाँ पुगेको बताइएको छ । यस क्रममा उनका ७ वटा चेक बाउन्स भएका थिए ।

हालै उनले २ करोड ५० लाख रुपैयाँ बुझाएपछि अदालतले उनलाई १८ मार्च २०२६ सम्म अन्तरिम जमानत दिएको हो । उनले भतिजीको विवाहमा सहभागी हुन जमानत मागेका थिए ।

राजपाल यादवले छिट्टै पत्रकार सम्मेलन गरेर यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया