Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड सुपरस्टार प्रियंका चोपराले नेपाली चलचित्रका वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जली अर्पण गर्दै थापालाई कहिल्यै नबिर्सने बताएकी छन्।

प्रियंकाले फिल्म ‘मेरी कोम’को एक स्मरणीय भिडियो साझा गर्दै सुनिल थापालाई सह–कलाकार मात्र नभई आफ्नो जीवनका प्रेरक मार्गदर्शकका रूपमा सम्झिएकी छन्। बाबाको निधनपछि आफू भावनात्मक रूपमा कमजोर भएको समयमा थापाले दिएको साथ, माया र मार्गदर्शनलाई जीवनभर सम्झिरहने उनले उल्लेख गरेकी छन्।

‘तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ,’ भन्दै उनले लेखेकी छन्, ‘मलाई थाहा नहुँदा पनि तपाईंले परिवारझैं माया गर्नुभयो र कठिन दिन पार गर्न सहयोग गर्नुभयो।’ थापाको हाँसो, न्यानो स्वभाव र प्रेरणादायी व्यक्तित्व सधैं स्मृतिमा रहने प्रियंकाले बताएकी छन्। उनले थापाको परिवार र आफन्तजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेकी छन्।

सुनिल थापा र प्रियंका चोपरा सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘मेरी कोम’मा सँगै काम गरेका थिए। उक्त फिल्ममा थापाले प्रियंकाको प्रशिक्षकको भूमिका निभाएका थिए।

तपाईको प्रतिक्रिया