Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – कोस्टारिकामा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी राजनीतिक वैज्ञानिक लौरा फर्नान्डेज भारी मतान्तरसहित विजयी भएकी छन् । बढ्दो हिंसा र कोकिन तस्करीसँग जोडिएको अपराधलाई कडा रूपमा नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएकी फर्नान्डेजले स्पष्ट बहुमत हासिल गरेकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी मध्यम-दक्षिणपन्थी अर्थशास्त्री आल्भारो रामोसले पराजय स्वीकार गरेका छन् । नतिजाअनुसार सत्तारुढ पक्षले दोस्रो चरणको निर्वाचन टार्न आवश्यक ४० प्रतिशतको सीमा पार गरेको छ ।

८१.२४ प्रतिशत मतगणना सकिँदा, वर्तमान राष्ट्रपति रोड्रिगो चाभेस की राजनीतिक उत्तराधिकारी मानिने फर्नान्डेजले ४८.९४ प्रतिशत मत प्राप्त गरेकी छन् भने रामोसले ३३.०२ प्रतिशत मत पाएका छन् ।

प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ फर्नान्डेजको सोभरेन पिपुल्स पार्टीका समर्थकहरूले देशभर उत्सव मनाएका थिए । उनीहरूले नीलो, रातो र सेतो धर्का भएको कोस्टारिकाको झण्डा फहराउँदै “भिभा रोड्रिगो चाभेस” भन्ने नारासमेत लगाएका थिए ।

राजधानी सान होसेमा आयोजित पार्टीको चुनावी कार्यक्रमलाई भिडियोमार्फत सम्बोधन गर्दै ३९ वर्षीया फर्नान्डेजले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि बढाएकोमा चाभेसप्रति धन्यवाद व्यक्त गरिन् । उनले चाभेसको राजनीतिक विरासत सुरक्षित हातमा रहेको बताइन् ।

“कोस्टारिकाको आर्थिक वृद्धि, स्वतन्त्रता र सबैभन्दा महत्वपूर्ण हाम्रा जनताको प्रगति निरन्तर अघि बढोस् भन्ने सुनिश्चित गर्न म अथक रूपमा संघर्ष गर्नेछु,” उनले भनिन् ।

५२ लाख जनसंख्या भएको, सेतो बालुवायुक्त समुद्री तटका कारण प्रसिद्ध कोस्टारिका लामो समयदेखि मध्य अमेरिकामा स्थायित्व र लोकतन्त्रको प्रतीक मानिँदै आएको थियो । तर पछिल्ला वर्षहरूमा यो अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’बाट ‘लजिस्टिक हब’मा रूपान्तरण हुँदै गएको छ ।

मेक्सिकन र कोलम्बियन लागुऔषध गिरोहको गतिविधि स्थानीय समुदायसम्म फैलिँदा आपसी संघर्ष चर्किएदा पछिल्ला छ वर्षमा हत्या दर ५० प्रतिशतले बढ्दै प्रतिलाख जनसंख्यामा १७ पुगेको छ ।

फर्नान्डेजले अपराध नियन्त्रणका लागि एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेबाट प्रेरणा लिने बताएकी छन् । बुकेलेले हजारौँ संदिग्ध गिरोह सदस्यलाई बिना अभियोग जेलमा राख्दै कडा सुरक्षा नीति अपनाएका छन् । बुकेले नै फर्नान्डेजलाई बधाई दिने पहिलो विदेशी नेता बने ।

फर्नान्डेजको जितले ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतितर्फको झुकाव पुष्टि भएको विश्लेषकहरू बताउँछन् । भ्रष्टाचार र अपराधविरुद्धको जनआक्रोशको फाइदा उठाउँदै चिली, बोलिभिया, अर्जेन्टिना र होन्डुरसमा पनि रूढिवादी शक्तिहरू सत्तामा पुगेका छन् ।

यद्यपि उनका आलोचकहरूले चाभेसलाई पुनः सत्तामा फर्काउन संविधान संशोधन गर्न सक्ने आशंका व्यक्त गरेका छन् । हालको संविधानअनुसार चाभेस आठ वर्षसम्म पुनः राष्ट्रपति बन्न पाउँदैनन् ।

पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता ओस्कार एरियास ले लोकतन्त्रको अस्तित्व नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । तर फर्नान्डेजले कोस्टारिकाको लोकतान्त्रिक परम्परा जोगाउने प्रतिबद्धता दोहोर्‍याएकी छन् ।

फर्नान्डेजले बुकेलेको कुख्यात उच्च–सुरक्षा जेलको मोडलमा आधारित नयाँ जेल निर्माण पूरा गर्ने, सजाय कडा बनाउने र अपराध बढी भएको क्षेत्रमा आपतकालीन अवस्था लागू गर्ने वाचा गरेकी छन् ।

तपाईको प्रतिक्रिया