Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीसम्बन्धी दस्तावेज ‘१०० प्रतिशत तयार’ भइसकेको बताएका छन् । युक्रेन, अमेरिका र रुसका प्रतिनिधिहरूबीच दुई दिनसम्म भएका वार्तापछि उक्त दस्तावेज अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका हुन् ।

लिथुआनिया भ्रमणका क्रममा भिल्नियसमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “सुरक्षा ग्यारेन्टीसम्बन्धी कागजात १०० प्रतिशत तयार छ । अब हामी हस्ताक्षरको मितिका लागि पर्खिरहेका छौं ।” हस्ताक्षरपछि उक्त दस्तावेज अमेरिकी कंग्रेस र युक्रेनी संसदमा अनुमोदनका लागि पठाइने जनाएका छन् ।

जेलेन्स्कीले युक्रेनलाई सन् २०२७ सम्ममा युरोपेली संघ (इयु) को सदस्य बनाउने लक्ष्य पनि दोहोर्‍याएका छन् । उनले इयु सदस्यतालाई “आर्थिक सुरक्षा ग्यारेन्टी” का रूपमा व्याख्या गरेका छन् ।

यसैबीच, जेलेन्स्कीले संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भएका वार्तालाई पछिल्लो ‘लामो समयपछि भएको पहिलो त्रिपक्षीय वार्ता’ चित्रण गरेकाछन् । उनका अनुसार यो वार्तामा कूटनीतिज्ञ मात्र नभएर तीनै पक्षका सैन्य प्रतिनिधिहरू पनि सहभागी थिए । शुक्रबार सुरु भई शनिबारसम्म चलेको उक्त वार्तालाई रुसले करिब चार वर्षदेखि जारी राखेको पूर्णस्तरीय आक्रमण अन्त्य गर्ने दिशामा भएको पछिल्लो प्रयासका रूपमा हेरिएको छ ।

तर जेलेन्स्कीले युक्रेन र रुसबीचका धारणा अझै धेरै ठाउँमा टाढा रहेको बताएका छन् । उनले विशेषगरी सीमाको विषय शान्ति सम्झौतामा सबैभन्दा ठूलो अड्चन रहेको संकेत दिएका छन् । “हाम्रो भूमि सम्बन्धी अडान स्पष्ट छ युक्रेनको भौगोलिक अखण्डता सम्मान हुनुपर्छ,” जेलेन्स्कीले भने ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू स्टिभ विटकोफ र जेरेड कुशनरसँग बिहीबार राति लामो वार्ता गर्दै युक्रेन संकट समाधानबारे छलफल गरेको बताइएको छ । क्रेमलिनले भने शान्ति सम्झौतामा पुग्न युक्रेनले पूर्वी क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउनुपर्ने शर्त अघि सारेको छ । ती क्षेत्रहरूलाई रुसले आफ्नो भूभागमा गाभेको दाबी गरिरहे पनि उसले ती सबै क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिन सकेको छैन ।

जेलेन्स्कीले अमेरिका सम्भावित ‘सम्झौताको बीचको बाटो’ खोज्दै रहेको बताएका छन् । तर उनले भने, “सम्झौता गर्नुपर्छ भने सबै पक्ष सम्झौता गर्न तयार हुनुपर्छ ।” 

अमेरिकी अधिकारीका अनुसार अर्को चरणको वार्ता फेब्रुअरी १ मा फेरि युएई मै हुनेछ । हालको वार्तामा सैन्य तथा आर्थिक विषयहरू व्यापक रूपमा समेटिएको र अन्तिम सम्झौताअघि अस्थायी युद्धविरामको सम्भावना समेत छलफल भएको जनाइएको छ ।

तर युक्रेनको जापोरिज्झिया आणविक ऊर्जा केन्द्रको निगरानी र सञ्चालनको अन्तिम ढाँचामा भने अझै सहमति जुटिन नसकेको अमेरिकी अधिकारीले बताएका छन् ।  रुसको नियन्त्रणमा रहेको उक्त आणविक प्लान्ट युरोपकै सबैभन्दा ठूलो मानिन्छ । ***

तपाईको प्रतिक्रिया