Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्। उनले फागुन २१ मै निर्वाचन हुनैपर्ने स्पष्ट पारेका हुन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटमा कोइरालाले सबैलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान तयार र उत्सुक रहेको उनले बताए। उनले निर्वाचनले मात्रै संविधान जोगाउन र देशलाई संक्रमणको अवस्थाबाट बाहिर निकाल्न सक्ने बताए। ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका पैदा भएको छ,’ कोइरालाले भने।

कोइरालाका अनुसार सरकारले निर्वाचनको उचित वातावरण बनाउन सकेको छैन। केही दलका नेताहरूलाई काठमाडौं बाहिर जान नदिएको, लुटिएका हतियार अझै बाहिरै रहेको र कैदीहरू छुटिरहेको अवस्थामा सरकारको तयारीप्रति उनले प्रश्न उठाए।

तपाईको प्रतिक्रिया