Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जनसङ्ख्या घट्ने र वृद्धवृद्धाको सङ्ख्या बढ्ने क्रमसँगै जापानमा देखिएको कामदार अभाव (लेबर क्रन्च) टार्न अब भारतलाई प्रमुख विकल्पका रूपमा हेर्न थालिएको छ । विशेष गरी स्वास्थ्य तथा स्याहारसुसार क्षेत्र (केयरगिभिङ) मा देखिएको जनशक्ति अभाव पूर्ति गर्न जापानले भारतीय स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता दिन थालेको हो ।

जापानको प्रमुख स्याहार सेवा प्रदायक कम्पनी ‘सोमपो केयर इंक’ले भारतीय कामदारलाई आकर्षित गर्न विशेष पहल सुरु गरेको छ । कम्पनीले नर्सिङ पृष्ठभूमि भएका भारतीयहरूलाई नौ महिना लामो जापानी भाषा र स्याहारसम्बन्धी तालिम दिएर ‘विशिष्ट दक्ष कामदार’ भिसामा जापान भित्र्याउन थालेको छ ।

सरकारी अनुमान अनुसार, वृद्ध जनसङ्ख्याको चापका कारण सन् २०४० सम्ममा जापानलाई ५ लाख ७० हजार थप केयरगिभरहरूको आवश्यकता पर्नेछ । हाल जापानमा यो भिसाअन्तर्गत करिब ५४ हजार विदेशी कार्यरत छन्, जसमा अधिकांश इन्डोनेसिया, भियतनाम र म्यानमारका नागरिक छन् । भारतीय कामदारको सङ्ख्या हाल कम (करिब ३००) भए पनि पछिल्लो समय यसमा ७३ प्रतिशतले वृद्धि भएको छ ।

१ अर्ब ४० करोड जनसङ्ख्या भएको भारतका युवाहरू भाषा सिक्न र सञ्चारमा अब्बल मानिने भएकाले जापानका स्थानीय सरकारहरू, जस्तै- सिजुओका र इबाराकी प्रिफेक्चरले पनि भारतीय कामदार भित्र्याउन चासो देखाएका छन् । विज्ञहरूका अनुसार भारत जनशक्तिको ठूलो स्रोत बन्न सक्ने भए पनि यसका लागि जापानले विदेशी कामदारका लागि सेवा-सुविधा र कार्य वातावरणलाई थप सुधार गर्नुपर्ने आवश्यकता छ ।

 

तपाईको प्रतिक्रिया