Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। सुदूरपश्चिम रोयल्स भने दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भयो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल घोषित भए। उनले प्रतियोगिताभर २७६ रन बनाएका थिए। फाइनल खेलमा उनले ह्याट्रिकसहित १० विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। सर्वोत्कृष्ट खेलाडी रोहितले कारसमेत प्राप्त गरेका छन्। साथै, नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडीका रूपमा उनले पल्सर मोटरसाइकल पनि जिते। सर्वाधिक विकेट लिने सन्दीप लामिछाने र सर्वोत्कृष्ट युवा खेलाडी शेर मल्लले पनि पल्सर बाइक पाए।

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार र एनपिएल ट्रफी हात पार्‍यो। उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ।

 

 

तपाईको प्रतिक्रिया