Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। जनकपुरका आसिफ शेखले ५४ रन, र मयन यादवले अविजित ३४ रन जोड्न सके। काठमाण्डौका मिलिन्द कुमारले ३ विकेट लिए। आजदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ गते हुनेछ। प्रतियोगितामा जनकपुर र काठमाण्डौसहित ८ टोली—विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स—सहभागी छन्।

क्यानका अनुसार ३२ मध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन्। यस पटक रङ्गशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ। प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 

 

तपाईको प्रतिक्रिया