Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम रोयल्सबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने अष्ट्रेलियन स्टार क्रिकेटर क्रिस लिन काठमाडौं आइपुगेका छन्। आइतबार राति नेपाल आएपछि उनलाई सुदूरपश्चिम टिमका प्रतिनिधिले स्वागत गरेका थिए।

३५ वर्षीय लिन विश्व क्रिकेटमा आक्रामक ब्याटिङ शैलीका लागि परिचित छन्। उनले अष्ट्रेलियाबाट ४ ओडिआई र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। फ्र्याञ्चाइज टी–२० क्रिकेटमा लिनले हालसम्म ८ हजारभन्दा बढी रन बनाइसकेका छन्। उनले यस क्रममा ५ शतक र ५५ अर्धशतक प्रहार गरेका छन्। उनी अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) का सर्वाधिक रन बनाउने खेलाडी हुन्।

बीबीएलमा उनले १२७ खेल खेलेका छन् र ३१ अर्धशतक तथा एक शतकसहित ३ हजार ९५५ रन बनाएका छन्। लिनले बीबीएलसँगै आइपिएल, पिएसएल, सिपिएल, बिपिएललगायत दर्जनभन्दा बढी टी–२० लिगमा खेलिसकेका छन्।

तपाईको प्रतिक्रिया