Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – गत हप्ता जापानी पेय पदार्थ कम्पनी आसाही ग्रुप होल्डिङ्स लिमिटेडमा भएको साइबर हमलाको जिम्मेवारी एक ह्याकर समूहले लिएको छ । उक्त समूहले कर्मचारीको जानकारी आन्तरिक कागजातहरू चोरी गरेको एक साइबर सुरक्षा स्रोतले बुधबार जनाएको छ ।

रुसमा आधारित रहेको मानिने र्यान्समवेयर समूह ‘क्विलिन’ले डार्क वेबमा एउटा पोस्टमार्फत करिब ९ हजार ३ सय फाइलहरू, अर्थात् करिब २७ गिगाबाइट डाटा चोरी गरेको दाबी गरेको छ । आसाही ग्रुपले यस विषयमा अनुसन्धान गरिरहेको र ह्याकरहरूसँग सम्पर्कमा रहेको हो वा होइन भन्नेबारे थप विवरण दिन अस्वीकार गरेको छ ।

पेय पदार्थ निर्माता कम्पनीले सेप्टेम्बर २९ मा र्यान्समवेयर साइबर आक्रमणको जानकारी गराएको थियो । यसका कारण प्रणालीमा खराबी आई कम्पनीले आफ्ना धेरै घरेलु कारखानाहरूमा उत्पादन रोक्न बाध्य भएको थियो र केही उत्पादनहरूको बजारमा आगमन स्थगित गरेको थियो ।

साइबर आक्रमणमा र्यान्समवेयर प्रयोग गरिएको थियो, जुन एक प्रकारको मालिसियस सफ्टवेयर हो जसले डाटालाई इन्क्रिप्ट गर्छ र फिरौती नतिर्दासम्म पहुँचयोग्य बनाउँछ । विभिन्न साइबर सुरक्षा स्रोतहरूका अनुसार क्विलिनले सन् २०२२ देखि विश्वव्यापी रूपमा र्यान्समवेयर आक्रमणहरू गर्दै आएको छ ।

अमेरिकी साइबर सुरक्षा फर्म प्रुफपोइन्टको जापानी सहायक कम्पनीकी युकिमी सोटाले ह्याकर समूहहरूले प्रायः आफ्नो लक्ष्यलाई फिरौती तिर्न बाध्य पार्न दुईतर्फी रणनीति अपनाउने गरेको बताइन् । सोटाले भनिन्, ‘ह्याकरहरू सायद आसाहीसँगको प्रत्यक्ष वार्ताबाट फिरौती रकम असुल्न असमर्थ थिए, त्यसैले उनीहरूले कागजातहरू सार्वजनिक गरेर थप दबाब दिन खोजिरहेका छन् ।’

आसाही ग्रुपले सोमबार आफ्ना घरेलु बियर कारखानाहरूमा सञ्चालन पुनः सुरु गरेको जनाएको छ । यद्यपि, बुधबारसम्म पनि यसको प्रणाली कहिले पूर्ण रूपमा कार्यक्षमतामा फर्किनेछ भन्ने अनिश्चित छ किनभने बियर र अन्य उत्पादनहरूको ढुवानीमा अवरोध जारी छ ।

तपाईको प्रतिक्रिया