Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

आज ग्लोबलाइजेसनको युग हो । विश्व इन्टरनेट र सामाजिक सञ्जालका कारण यति सानो भइसकेको छ कि हामी एकै क्लिकमा संसार हेर्न, पढ्न र देख्न सक्छौँ । त्यो पुरानो कहाली लाग्दो चिठीको युग सकिएको पनि धेरै भइसक्यो । तर सरकारले फेरि त्यही युग फर्काउने प्रयास गरिरहेको छ ।

हिजो आम नागरिकहरू सोझा थिए । सञ्जालहरूको पहुँचसँगै मानव मस्तिष्क फराकिलो हुँदै गइरहेको थियो । आफूमाथि भएको अन्याय र अत्याचारका बारेमा खुलेर बोल्न सक्ने र न्याय माग्न सक्ने अवस्थामा आइपुगेका थियौँ । सामाजिक सञ्जालमा आफ्ना विचार राख्ने, बहस गर्ने, सरकार र विभिन्न संस्थामाथि आम नागरिकहरूको निगरानी राख्ने बलियो साधन भइसकेका थिए सामाजिक सञ्जालका विभिन्न रूपहरू ।

सामाजिक सञ्जाल बन्द गराउनु भनेको नागरिकहरूको स्वतन्त्रता खोस्ने प्रयास हो कि जस्तो लाग्दैछ मलाई त ! सचेत भइसकेका नागरिकहरूलाई फेरि त्यो पुरानो लाटो युगको गुमराहमा फर्काउने त होइन कतै !

अशिक्षित बूढा बा-आमा घरमा छन्, सन्तान परदेशमा । आमा-बालाई छोराले सिकाएर गएको थियो हरियोले उठाउने, रातोले काट्ने । बस, बा-आमाले यति मात्र जान्दथे सन्तानको न्यास्रो मेटाउन सन्तानसँग कहिलेकाहीँ फोनकल, भिडियोमा कुरा हुन्थ्यो । सरकारले यही पनि टुटाइदिएको छ । किम जोङ त भएको होइन सरकार कतै  ?

संसार आधुनिकतामा निथ्रुक्क भिजिसकेको यो समयमा आएर केही कुरामा अवरोध गर्न खोज्नु नागरिकहरूप्रतिको न्याय हुँदै होइन । संसारमा केही कुराहरू नागरिकका लागि निःशुल्क प्राप्त हुन्छन् र ती कुरा क्रिएटिभ माइन्ड भएकाहरूका लागि वरदान सावित हुन्छन् । युट्युब, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरू आजको समयका वरदान हुन् । यिनैबाट मानिसहरूले स्वतन्त्रसँग जीवनस्तर मज्जाले चलाएका छन्। सरकारको मुख ताक्ने बानी पनि केही हराउँदै गइरहेको थियो यस्ता प्लेटफर्महरू आएर ।

तिम्रो घरमा चोर लाग्यो भन्दैमा घर अगाडिको बाटोमा हिँड्ने सबैलाई चोर भनेर जेल कोच्नु त भएन नि सरकार? बरु त्यसमा कडा निगरानी बढाऊ, आफ्ना झ्यालहरू बलियो बनाऊ । संसारले निःशुल्क चलाइरहेका यस्तै सञ्जाल हामीकहाँ अनिवार्य दर्ताको कुरा न्यायोचित नहोला कि? नागरिकहरूको सूचनाको दायरा फराकिलो हुँदै गइरहेको समयमा कसरी खुम्च्याउन सक्छ होला सरकारले यसरी ?

देशमा खासै रोजगार छैन । किसानले दुःख गरेर उत्पादन गरेका वस्तुहरूको पनि राज्यले जिम्मेवार भएर बजार व्यवस्थापन गर्न सकिरहेको छैन । सरकार स्थिर छैन भनेजस्तो विकास पनि भएको छैन । एउटा यही मात्र चिज थियो जो सोचेभन्दा धेरै गुणा विकास भएको र हरेक नागरिकको पहुँच पुगेको सामाजिक सञ्जाल ।

देशमा खासै रोजगार छैन । किसानले दुःख गरेर उत्पादन गरेका वस्तुहरूको पनि राज्यले जिम्मेवार भएर बजार व्यवस्थापन गर्न सकिरहेको छैन । सरकार स्थिर छैन भनेजस्तो विकास पनि भएको छैन । एउटा यही मात्र चिज थियो जो सोचेभन्दा धेरै गुणा विकास भएको र हरेक नागरिकको पहुँच पुगेको सामाजिक सञ्जाल । यसबाट नागरिकले सरकार, तिनका मान्छेले गरेका गल्ती र कमजोरीहरूलाई छर्लङ्ग सबैसामु देखाइदिन्थे । आज हरेक नेपाली सरकारको खबरदारी मात्र होइन सरकारलाई जवाफदेहिताको लागि घचघच्याई रहेका हुन्थे, मात्र होइन यही सञ्जालको सही प्रयोग गरेर स्वव्यवसाय गरिरहेको थियो । आफू र परिवार पाल्न सक्षम भएको थियो तर सरकारको आँखा लाग्यो, गरिखानै दिएन ।

समय फेरिएको छ, सोच परिवर्तन भएको छ । संसार खुम्चिएको छ। नेपाली नागरिकहरू संसारका विभिन्न देशमा पुगेका छन्, कोही अध्ययनको सिलसिलामा त कोही रोजगारका लागि । अशिक्षित बूढा बा-आमा घरमा छन्, सन्तान परदेशमा । आमा-बालाई छोराले सिकाएर गएको थियो हरियोले उठाउने, रातोले काट्ने । बस, बा-आमाले यति मात्र जान्दथे सन्तानको न्यास्रो मेटाउन सन्तानसँग कहिलेकाहीँ फोनकल, भिडियोमा कुरा हुन्थ्यो । सरकारले यही पनि टुटाइदिएको छ । किम जोङ त भएको होइन सरकार कतै  ?

  • मोहन खतिवडा -टोकियो, जापान

तपाईको प्रतिक्रिया