Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – चलचित्र *‘हरिबहादुरको जुत्ता’*को नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ। गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने धनबहादुर कार्कीको शब्दमा दीपक शर्माले संगीत भरेका छन्।

गीतमा युवकले युवतीलाई फकाउन खोजेको र युवतीले त्यसप्रति शंका गरेको भाव प्रस्तुत गरिएको छ। भिडियोमा हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्काले अभिनय गरेका छन्।

दसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रमा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।

चलचित्र सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्णबहादुर थापाले छायांकन गरेका यस चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया