Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – दशैंमा प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको यस टिजरले दर्शकलाई टेलिभिजन सिरियलमार्फत चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ।

सिरियलमा चोर र ठगको रूपमा देखाइने हरिबहादुरले अरूलाई मात्र रुवाउँथे, तर यसपटक फिल्ममा उनी स्वयं रोइरहेको देखिन्छ। निर्देशक दीपेन्द्र के. खनालले यो फिल्ममा हरिबहादुरलाई केवल हास्यमा सीमित नराखी भावुक र संवेदनशील पात्रका रूपमा पनि प्रस्तुत गरेको संकेत टिजरले दिएको छ।

आउँदो असोज १३ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा हरिवंश आचार्यले अभिनीत हरिबहादुर मुख्य पात्र भए पनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि समावेश छ। टिजरमा प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाल लगायत कलाकारहरू पनि देखिन्छन्।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रका छायाङ्कन कृष्णबहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले गरेका हुन्। संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले दिएका छन्।

तपाईको प्रतिक्रिया