Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलको फराकिलो हारसँगै नेपाल छनोटबाट बाहिरिएको हो ।

नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया भने अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० एसियन कपमा छनोट भएको छ । थिम्पूमा भएको छनोटमा उत्तर कोरियाले नेपालविरूद्ध उत्कृष्ट देखायो । खेलको पूरै अवधि उत्तर कोरियाले नेपालको गोल पोस्टमा मात्र आक्रमण गरेको थियो ।

यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५-० र घरेलु टोली भुटानलाई १०-० गोलको जित निकालेको थियो । तेस्रो खेलमा नेपालविरूद्ध ११ गोल गरेसँगै उनले तीन खेलमा कुल ३६ गोल गर्न सफल भयो ।

आजको हारले नेपालको उत्कृष्ट दोस्रो टोली बन्ने सम्भावना पनि सकिएको छ । किनकी अरु समूहको दोस्रो स्थानमा रहेका तीन टोलीले यसअघि नै दुई दुई खेलमा जित निकालेका छन् । यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दा साउदीविरूद्ध १-० गोलको संघर्षपूर्ण जित निकालेको थियो । समूहका शीर्ष टोलीले र आठ समूहमा दोस्रो हुने उत्कृष्ट तीन टोली अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा पुग्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया