Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कलाकार जितु नेपालले गाईजात्राको अवसरमा ‘मुन्द्रेको हाँस्यव्यंग्य सामग्री २०८२’ सार्वजनिक गरेका छन्। पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ मंगलबार उनको युट्युब च्यानल ‘जितु कमेडी’ सहित टिकटक र रिल्समा आएको हो।

‘व्यर्थ मन्त्रीको बजेट भाषण’ शीर्षकमा तयार सामग्रीमा संसदभित्रको संवादमार्फत राजनीतिक व्यंग्य गरिएको छ। चार भागमा तयार गाईजात्रे कोसेली ४/४ दिनको फरकमा आउने उनले बताए। यस वर्षको व्यंग्यको केन्द्र राजनीति रहेको उनले जनाए। पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीमाथि कटाक्ष गरिएको छ भने आगामी भागमा राजनीतिबाट सन्यास लिने नेता, मन्त्रीको अवस्था, महाराज र गरुण पुराणसमेत विषय हुनेछन्।

जितुका अनुसार, गाईजात्रा व्यंग्यको पर्व भएकाले यसलाई जोगाउन डिजिटल माध्यमबाट प्रस्तुति ल्याइएको हो। अघिल्ला वर्षमा स्टेजमार्फत गाईजात्रा पस्किने उनले अहिले दर्शकको रुचि अनुसार युट्युबमा सामग्री ल्याएका छन्। तर, प्रत्यक्ष अन्तर्क्रिया नहुँदा स्टेजको जस्तो मजा नआउने उनले बताए।

फिल्मतर्फ, उनले ‘परालको आगो’ छाडेको र ‘कार्की साइँला’ बाढीका कारण अस्थायी रूपमा रोकिएको स्पष्ट पारे। साथै, दीपकराज गिरीसँगको ‘पाँच पाण्डव’को पटकथा लेखन र ‘मुन्द्रेको कमेडी क्लब’को चौथो सिजनको तयारी भइरहेको बताए।

तपाईको प्रतिक्रिया