Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा यस वर्ष लहरेखोकी (हुपिङ कफ) को संक्रमणले भयावह रूप लिएको छ । सन् २०१८ देखि तथ्यांक राख्न थालिएयता पहिलो पटक संक्रमितको संख्या ५० हजार नाघेको एक राष्ट्रिय स्वास्थ्य अनुसन्धान प्रतिष्ठानले मंगलबार जनाएको छ ।

जापानको स्वास्थ्य सुरक्षा प्रतिष्ठानले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार, जुलाई १४ देखि २० सम्मको एक हप्तामा मात्रै ३ हजार ९ सय८ नयाँ बिरामी थपिएका छन् । यो लगातार पाँचौं हप्तामा रेकर्ड गरिएको सबैभन्दा उच्च साप्ताहिक आँकडा हो ।

योसँगै यस वर्षभरि लहरेखोकीबाट संक्रमित हुनेहरूको कुल संख्या ५२ हजार ४ सय ९० पुगेको छ । यसअघि सन् २०१९ मा सबैभन्दा बढी १६ हजार ८ सय ४५ जनामा संक्रमण देखिएको थियो, तर यो वर्ष त्यो रेकर्ड तोडिएको छ ।

लहरेखोकी, जसलाई पर्ट्युसिस पनि भनिन्छ, एक अत्यधिक संक्रामक ब्याक्टेरियल रोग हो । यसको सुरुवात सामान्य रुघाखोकीजस्तै लक्षणबाट हुन्छ, तर पछि गएर गम्भीर र लगातार खोकी लाग्ने समस्यामा परिणत हुन्छ ।

विशेषगरी नवजात शिशुहरूका लागि यो रोग अत्यन्तै खतरनाक मानिन्छ । शिशुहरूमा यसले निमोनिया र इन्सेफलाइटिस (मस्तिष्क ज्वरो) जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ, जुन कहिलेकाहीँ ज्यानसमेत लिन सक्छ ।

तपाईको प्रतिक्रिया