समाचार सुन्नुहोस :
काठमाडौँ – केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्यमा बिहीबार एकैदिन ठूलो गिरावट आएको छ। साताको पाँचौँ कारोबार दिन बुधबारको तुलनामा सुन प्रतितोला २४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।
मूल्य घटेपछि बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबारको तुलनामा बुधबार सुनको मूल्य २१ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो। चाँदी पनि ३० रुपैयाँले बढेर २ हजार ३५० रुपैयाँ पुगेको थियो।
स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको देखिएको छ। ‘द गोल्ड प्राइस’का अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रतिऔंस ३ हजार ३८० डलरमा पुगेको छ। चाँदीको मूल्य पनि घट्दै प्रतिऔंस ३९ डलरमा कायम भएको छ।








