Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नआउन दिने नेकपा एमालेको निर्णयप्रति उनकी छोरी उषा किरण भण्डारीले आफू अचम्मित नभएको बताएकी छन्।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त निर्णय कसरी गरिएको थियो भन्नेबारे आफू जानकार भएकाले अचम्म नलागेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो कुरा खुला रूपमा बाहिर आयो।’

उषा किरणले ऐतिहासिक प्रसंग जोड्दै पुष्पलालको परिवारलाई राजनीतिबाट टाढा राखिएको कुरा स्मरण गराएकी छन्। उनले भनेकी छन्, ‘अब लाग्छ, हाम्रो परिवारलाई पनि त्यस्तै अप्ठ्यारो परिस्थिति आउँदो रहेछ।’ उनले पछिल्लो एक महिनाको अनुभव उल्लेख गर्दै, ‘अब त नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन् भन्ने ज्ञान भयो,’ भनेर लेखेकी छन्।

च्यासलमा भएको एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले ‘प्रकरण’ को संज्ञा दिँदै भनेकी छन्, ‘यो ज्ञानको बोझ आज यहाँ पोख्ने मौका यो प्रकरणले दिएको छ, त्यसैले म यो प्रकरणलाई धन्यवाद दिन चाहन्छु।’

तपाईको प्रतिक्रिया