समाचार सुन्नुहोस :
काठमाडौँ – साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको छ। आयोजक बंगलादेशले पहिलो हाफमै दुई गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफमा नेपालका अनिशा राई र मिना देउवाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
तर खेलको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेपछि नेपालले हार ब्यहोर्नुपर्यो। दोस्रो हाफमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका बीच झगडा हुँदा दुवै खेलाडीले रातो कार्ड पाए।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो। अब नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।








