Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो ः ह्वान र उनका केही साथीहरू लस एञ्जलस नजिकैको एउटा हार्डवेयर स्टोरको पार्किङमा जम्मा भएका थिए, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको विरोधमा प्रदर्शन भैरहेका थिए ।

सामान्यतया, यस्ता स्थानहरूमा दर्जनौं दिनहुं मजदुरी गर्नेहरु (धेरैजसो कागजातविहीन आप्रवासीहरू) किनमेल गर्न आएका ग्राहक वा ठेकेदारहरूबाट काम खोजिरहेका हुन्छन् । तर आइतबार, केवल दुईवटा साना पिकअपहरू बाहिर थिए जसमा छाना मर्मत, रंग रोगन वा मर्मत कार्यमा सहयोग गर्न सकिने विज्ञापन गरिएको थियो। यो स्टोर पेरामाउन्ट भन्ने उपनगरमा पर्छ, जहाँ ८२% भन्दा बढी जनसंख्या हिस्प्यानिक छ ।

यसको अघिल्लो दिन सो स्टोरमा आप्रवासन रेड भएको भन्ने हल्ला फैलिएको थियो, जसका कारण यहाँ व्यापक प्रदर्शन भएको थियो । स्थानीय बासिन्दाहरूले बीबीसीलाई आप्रवासन अधिकारीहरूको सवारी साधन क्षेत्रमै देखिएको बताएका थिए । यसले तत्काल डर र आतंक उत्पन्न गरायो । त्यसपछि होम डिपोमा दिनहुं मजदुरी गर्नेहरू पक्राउ परेका छन् भन्ने रिपोर्टहरू फैलिए । यो ठाउँ अमेरिकाभरिका कागजातविहीन आप्रवासीहरूले काम खोज्ने सामान्य स्थलहरूमध्ये एक हो ।

पेरामाउन्टको प्रदर्शनले हिंसात्मक रूप लियो । ढुंगा र मोलोटोभ ककटेलहरू प्रहार गरिए । सुरक्षाकर्मीहरूले भिड नियन्त्रण गर्न पेपर स्प्रे, रबर गोली र स्मोक ग्रिनेटको प्रयोग गरे । तर अमेरिकी गृह सुरक्षा विभाग (DHS) का अनुसार यी सबै प्रदर्शन गलत सूचनाबाट उत्पन्न भएका थिए । “झूटा रिपोर्टका बाबजुद, लस एञ्जलसको कुनै होम डिपोमा ICE (आप्रवासन र सीमा सुरक्षा) को रेड भएको थिएन,” DHS ले बीबीसीलाई बतायो।

टोयोटा पिकअपको पछाडि उभिँदै ह्वानले भने, “कोही ठ्याक्कै जान्दैन के भयो। सबै डराइरहेका छन्।” संघीय अधिकारीहरूका अनुसार पेरामाउन्टमा भएको प्रदर्शनमा एउटा कार जलाइनुको साथै पसलहरू लुटिएको र यसले लस एञ्जलसभरि नै हिंसात्मक प्रदर्शनको सुरुवात गराएको छ ।

शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अधिकार प्रयोग गर्दै क्यालिफोर्निया नेसनल गार्डलाई बोलाएका छन् यो निर्णय सामान्यतः राज्यका गभर्नरले गर्ने गर्दछन् । आइतबार, तेस्रो दिन पनि प्रदर्शन जारी रहँदा, सशस्त्र नेसनल गार्डका सैनिकहरूले हार्डवेयर स्टोरको ठीक अगाडिको गेटेड व्यापारिक क्षेत्रको सुरक्षा गरिरहेका थिए ।

उनीहरूले हभ्भी गाडीहरू राखेर बाटो छेके र प्रदर्शनकारीहरूसँग आमनेसामने भए जसले गाली गलौज गर्दै मेक्सिकन झण्डा र ब्यानरहरू बोकेका थिए ।  “यहाँ तिमीहरूलाई चाहिएको छैन !” एकजना मानिसले लस एन्जल्सको टोपी लगाएर सैनिकहरूलाई कराए । अर्को प्रदर्शनकारीले स्प्रे पेन्ट खोल्दै अमेरिकी आप्रवासन विभागमाथि अपशब्द लेखे।

DHS का अनुसार, उक्त क्षेत्रमा उनीहरूको एक कार्यालय रहेको छ र सुरक्षाकर्मीहरूले त्यसलाई “स्टेजिङ एरिया” को रूपमा प्रयोग गरिरहेका थिए, जुन प्रदर्शनकारीहरूले फेला पारे । एजेन्सीले बीबीसीलाई बताए अनुसार उनीहरूले यस हप्ता लस एञ्जलस क्षेत्रमा ११८ जना गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गरेका छन्, जसमध्ये पाँच जना ग्याङ सदस्य रहेको दाबी गरिएको छ ।

पक्राऊ परेका केही व्यक्तिहरूको विगतमा लागुऔषध कारोबार, आक्रमण र डकैतीजस्ता आपराधिक इतिहास रहेको DHS ले बतायो । आइतबार, राष्ट्रपति ट्रम्पले न्यू जर्सीको मोरिस्टाउनबाट एयर फोर्स वन चढ्ने क्रममा पत्रकारहरूलाई भने “लस एञ्जलसमा हिंसात्मक मानिसहरू छन् र उनीहरू उम्किन पाउँदैनन् ।”

डोरा सान्चेज अझै अघिल्लो रातका दृश्यहरू सम्झिँदा अवाक थिइन् । उनी आइतबार अन्य समुदायका मानिसहरूसँग च्यापल अफ चेन्ज नामक चर्चमा जम्मा भएकी थिइन्, जुन हिजो प्रदर्शनको केन्द्र बिन्दुबाट केही ब्लक मात्र टाढा पर्छ । उनले र चर्चमा रहेका अन्यले बताए अनुसार यो हिस्प्यानिक समुदाय विगत केही वर्षमा पुनर्जीवित भएको थियो र अहिले सबै एकअर्कालाई चिनेका, हेरचाह गर्ने समुदाय बनेको छ।

उनका अनुसार प्रदर्शन आप्रवासी समुदायको लागि “सहन सकिने अन्तिम बिन्दु” भएको हो । लस एञ्जलस अमेरिका कै सबैभन्दा ठूलो अल्पसंख्यक-बहुल सहरहरूमध्ये एक हो । यहाँ हिस्प्यानिकहरू सबैभन्दा ठूलो जनसंख्या रहेको छ र विशेषतः मेक्सिकोबाट आएका आप्रवासीहरू यहाँको इतिहास र संस्कृतिको मुख्य हिस्सा हुन् ।

यो सहरले आफूलाई “स्यान्क्चुअरी सिटी” भनेर चिनाउँछ, जसको अर्थ संघीय आप्रवासन कानुनको कार्यान्वयनमा सहर सहकार्य गर्दैन । यहाँका धेरैले भनेका छन् कि राष्ट्रपति ट्रम्पको प्रशासनले लस एञ्जलसका कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेपछि तनाव चुलिएको थियो । “अब त उभिनुपर्ने समय आयो,” पेरामाउन्टमा प्रदर्शनमा सहभागी मारिया गुटिएरेजले भनिन्। “यी मेरो जनता हुन् ।” उनले भनिन् कि आफू मेक्सिकोमा जन्मेकी थिइन् तर बाल्यकालदेखि यता यहाँ बस्दै आइरहेकी छन् । “यो त लस एञ्जलस हो,” उनले भनिन् । “यसले सबैलाई छोएको छ ।”हरेक व्यक्तिको परिवार वा चिनेजानेको कोही न कोही पेपर्स बिना छ ।”

स्रोतः बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया