Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख २६, २०८२
Friday, May 9, 2025

काठमाडाैं – पाकिस्तानले लगातार दोस्रो रात जम्मु-कश्मीरका कुपवाडा, बारामुला, उरी र अखनूर क्षेत्रमा गोलाबारी गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा कारबाही गरेको छ । हालसम्म कुनै पनि मानव क्षतिको समाचार आएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि भारतले मंगलबार राति १:०५ बजे पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीर (PoK) मा एयर स्ट्राइक गरेको थियो । उक्त कारबाहीमा ९ वटा आतंकी ठेगानालाई लक्षित गरिएको थियो, जसमा १०० भन्दा बढी आतंकी मारिएकाे दाबी छ । यस हमलामा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका १० जना परिवारका सदस्य र उनका ४ जना सहयोगी मारिएका छन् । भारतले कुल २४ वटा मिसाइल प्रहार गरेको हो ।

भारतले यो जवाफी कारबाही पहलगाममा भएको आतंकी हमलाको १५ दिनपछि गरेको हो र यसलाई ‘अप्रेशन सिन्दूर’ नाम दिइएको छ । यो नाम ती महिलाहरूको सम्मानमा राखिएको हो, जसका श्रीमानहरूलाई २२ अप्रिलमा पहलगाममा आतङ्ककारीहरूले हत्या गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अप्रेशन सिन्दूर’ मा संलग्न तीनवटै सेनाको प्रशंसा गर्दै भने, ‘यो नयाँ भारत हो । पूरा देश हामीतर्फ हेरेको थियो । यो त हुनु नै पर्ने थियो ।’

भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेल गरेअनुसार जम्मु-कश्मीरको पुंछ क्षेत्रमा नियन्त्रण रेखा (LoC) नजिक पाकिस्तानबाट भएको गोलाबारीमा १५ जना नागरिकको ज्यान गएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले संसदमा बोल्दै भारतको कारबाहीलाई ‘कायराना हमला’ भन्दै त्यसको बदला लिने चेतावनी दिएका छन् ।

१९७१ को युद्धपछि पहिलोपटक तीनवटै सेनाले संयुक्त कारबाही
भारतीय स्थलसेना, वायुसेना र जलसेनाले मिलेर पाकिस्तानका आतंकी ठेगानाहरूमा २४ वटा मिसाइल प्रहार गर्दै ‘अप्रेशन सिन्दूर’ सञ्चालन गरेका हुन् । १९७१ को युद्धपछि यो पहिलोपटक हो, जब तीनवटै सेनाले संयुक्त रूपमा पाकिस्तानविरुद्ध ठूलो सैन्य कारबाही गरेका छन् । प्रधानमन्त्री मोदीले यो अपरेसनका लागि सेनाहरूको खुलेर प्रशंसा गरेका छन् ।

एयर स्ट्राइक भएको करिब ९ घण्टापछि सरकार, सेना र एयरफोर्सका अधिकारीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका थिए । देशको इतिहासमै पहिलोपटक आर्मीकी कर्नेल सोफिया कुरैशी र एयरफोर्सकी विंग कमान्डर व्योमिका सिंहले सञ्चारमाध्यमसमक्ष अपरेसनको विवरण सार्वजनिक गरेका थि ए। सो अवसरमा विदेश सचिव विक्रम मिस्री पनि उपस्थित थिए ।

अमेरिकाको प्रतिक्रिया- अब दुबै देश रोकिउन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको कारबाहीप्रति प्रतिक्रिया दिँदै भने, ‘यो निकै भयावह छ । मेरा दुबै देशसँग राम्रो सम्बन्ध छन् । म दुबैलाई राम्ररी चिन्छु । म चाहन्छु कि दुबै देश अब रोकिउन् । दुबैले ‘जस्तो गरे, त्यस्तै पाए’ शैलीमा कारबाही गरिसकेका छन् । यदि म कुनै सहयोग गर्न सक्छु भने सधैँ तयार छु ।’

तपाईको प्रतिक्रिया