Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – टोकियोको आसाकुसामा रहेको लोकप्रिय पर्यटकीय आकर्षण, नाकामिसे सपिङ आर्केड, द्वितीय विश्वयुद्धपछिको पहिलो छाना प्रतिस्थापन कार्यको अन्तिम चरणमा पुगेको छ ।

बिहीबार सञ्चारमाध्यमका लागि केही भाग खुला गरिएको उक्त कार्य गएको वर्ष जुन महिनामा सुरु गरिएको थियो । सन् १९४५ देखि प्रयोगमा रहेका टायलहरू जीर्ण भई पानी चुहिन थालेपछि यो मरम्मत कार्य थालिएको हो ।

नवीकरण कार्यको जिम्मा लिएको कानामे कम्पनीका अनुसार पुराना तामाका टायलहरू हटाएर ७ हजारभन्दा बढी रातो-खैरो रङका नयाँ टायलहरू जडान गरिँदैछ । यी नयाँ टायलहरू आगामी ३० देखि ४० वर्षभित्र हरियो जस्तै देखिने अनुमान गरिएको छ ।यो आर्केड सेन्सोजी मन्दिर परिसरभित्र रहेको छ, जहाँ सानातिना पसलहरू छन् । यी पसलहरू प्रसिद्ध कामिनारिमोन गेटदेखि मन्दिरको मुख्य सभाहलसम्मको खुला मार्गमा छन् । सेन्सोजी मन्दिरका अधिकारी युजुन मोरियामाले सञ्चारकर्मीहरूलाई भने, ‘नयाँ छानाको उज्यालो चमक निकै सुन्दर छ । यसको रङ समयक्रममा परिवर्तन हुँदै जानु पनि रमाइलो हुने छ ।’

आर्केडमा गहना तथा अन्य सामानको पसल चलाइरहेकी ८१ वर्षीया मसाको ताकाशिमा नयाँ स्वरूपप्रति खुशी व्यक्त गर्छिन् उनले हँसिलो मुद्रामा भनिन्, ‘यसले ग्राहकलाई स्वागत गर्ने हाम्रो ऊर्जा पनि ताजा बनाओस् भन्ने आशा छ ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया