Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – टोकियो प्रहरीमा सन् २०२४ मा हराएको सम्पत्तिका रूपमा कीर्तिमान ४.४९ अर्ब येन (झण्डै ३० मिलियन अमेरिकी डलर) बराबरको नगद बुझाइएको छ ।  यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको हो ।

कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरू हटेपछि मानिसहरू बाहिर निस्कन थालेका र अन्तर्राष्ट्रिय पर्यटकहरूको चहलपहल बढेकाले यस्तो भएको बताइएको छ । टोकियो मेट्रोपोलिटन प्रहरी विभागको हराएको तथा फेला परेको सम्पत्ति केन्द्रका अनुसार, एकैपटक बुझाइएको सबैभन्दा ठूलो रकम करिब ११.६ मिलियन येन थियो ।

बुझाइएको कुल रकममध्ये करिब ३.२ अर्ब येन सम्बन्धित मालिकहरूलाई फिर्ता गरिएको थियो, भने झण्डै ५७० मिलियन येन फेला पार्ने व्यक्तिहरूलाई नै फिर्ता दिइएकाे छ । करिब ६६० मिलियन येन टोकियो महानगर सरकारको राजस्वका रूपमा परिणत भयो ।

सन् २०२४ मा प्रहरीले झण्डै ४.४ मिलियन वटा हराएका सामग्री प्राप्त गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ ।

हराएका सामग्रीमध्ये सबैभन्दा ठूलो संख्या चालक अनुमतिपत्र तथा अन्य परिचयपत्रहरूको रहेको थियो, जुन करिब ८ लाख ३० हजार वटा थियो । त्यस्तै, बेतार इयरफोन तथा ई-सिगरेटजस्ता विद्युतीय उपकरणहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको प्रहरीले जनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया