Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ । मन्त्रालयका अनुसार गुरुङले सामाजिक सञ्जालमा मन्त्रालय र मन्त्री दीपक खड्कासम्बन्धी गैर जिम्मेवार समाचार सम्प्रेषण गरेका कारण यस्तो निर्णय गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत यस विषयमा छलफल भइसकेको र उनलाई हटाउने निर्णय भएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएकाले तत्काल सो प्रक्रिया पूरा गर्न मन्त्रालयले पत्राचार गरेको छ । शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा गुरुङलाई जिम्मेवारीबाट हटाई मन्त्रालयलाई जानकारी गराउन अनुरोध गरिएको उल्लेख छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया