Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टाेकियाे – गूगलले यसअघि गरेकाे खतरनाक एआई प्रयोगहरू, जस्तै हतियारहरूको विकास र प्रयोगको बारेमा आफ्नो प्रतिबद्धताबाट पछि हटेकाे छ । कम्पनीले २०१८ मा एआई नीतिहरूमा एक ठुलो घोषणा गर्दै, हानिकारक प्रयोगहरूको बिरुद्धमा प्रतिबद्धता जनाएको थियो जसले एआईको प्रयोगले युद्ध, निगरानी र अन्य हानिकारक उद्देश्यहरूमा योगदान गर्न नहुने कुरामा कुरा प्रतिबद्ध जनाएकाे थियाे । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर हालका केही घटनाक्रमहरू र बढ्दो सरकारी र सैन्य परियोजनाहरूका कारण गूगलले आफ्नो नीति परिवर्तन गरेको छ । कम्पनीले हालसम्म एआईलाई हतियारको रूपमा प्रयोग नगर्ने भनेर बाचा गरे पनि, भविष्यमा यसलाई कस्तो दिशा दिइनेछ भन्ने कुरा अझै स्पष्ट पारेकाे छैन । यो कदम एआईको शक्ति र यसको प्रभावका बारेमा महत्वपूर्ण सवालहरूको सामना गरिरहेको बेला आएको छ, विशेष गरी यसका सम्भावित सैन्य र सुरक्षा प्रयोगहरूको परिप्रेक्ष्यमा ।

गूगलको यस निर्णयले एआई टेक्नोलोजीको विकास र यसको दुरुपयोगको बारेमा नयाँ बहसलाई जन्म दिएको छ। यससँगै अन्य कम्पनीहरू पनि हानिकारक एआई प्रयोगको अनुगमन र नियन्त्रण गर्नका लागि थप जिम्मेवारी र कानूनी निगरानीको दबाबको सामना गर्न सक्ने छन् । ऐजेन्सीको सहयोग ***

तपाईको प्रतिक्रिया