Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टाेकियाे – जनरेटिव एआई जस्तै ChatGPT अहिले विद्यार्थीहरूमा निकै लोकप्रिय छ । तर जर्मनी, नेदरल्यान्ड्स र फिनल्याण्ड जस्ता विभिन्न देशहरूका शिक्षकहरूले यसलाई एकै साथ अवसर र जोखिमको रूपमा हेरेका छन् । उनीहरू विशेष रूपमा भविष्यका सिकाइ र शिक्षण विधिहरूमा यसको प्रभावका बारेमा चिन्तित छन् । हामी विश्वास गर्छौं कि यदि हामी सिकाइलाई नयाँ दृष्टिकोणले हेर्ने हो भने एआईको क्षमता प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ।

यदि शिक्षा प्रणालीले केवल ग्रेडको मूल्यांकन गर्नका बजाय सिकाइ प्रक्रियामा ध्यान केन्द्रित गर्छ भने विद्यार्थीहरूले आफ्नो सिकाइ प्रक्रिया र क्षमताहरूलाई पहिचान गर्ने अवसर प्राप्त गर्न सक्छन् । यदि विद्यार्थीहरूलाई उच्च ग्रेड प्राप्त गर्ने दबाब कम हुन्छ भने उनीहरूले आफ्ना लागि उपयुक्त सिकाइ विधिहरूको प्रयोग गर्न सक्छन् र यसले उनीहरूको क्षमतालाई बढाउँछ । यसले विद्यार्थीहरूलाई अनुकूल र सक्षम बनाउन मद्दत पुर्‍याउछ जसले वास्तविक जीवनका जटिल समस्याहरूको समाधान गर्न सक्छन् ।

एआई युगमा सिकाइको पुनः परिभाषा

डिजिटल सिकाइ वातावरणलाई विद्यार्थीहरूको प्राथमिक सिकाइ रणनीतिहरूसँग मेल खाने गरी अनुकूलित गर्दा, डिजिटल उपकरण र एआईले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी बनाउन मद्दत गर्न सक्छ । तर विद्यार्थीहरूले आफूलाई उपयुक्त सिकाइ विधी छनोट गर्न स्वतन्त्रता पाउँदा, केही विद्यार्थीहरूलाई आफ्नो सिकाइ प्रक्रिया सम्पादन गर्न गाह्रो हुन सक्छ । सबै विद्यार्थीहरूमा आफ्नो सिकाइलाई नियन्त्रित गर्न र आत्म-जागरूकता राख्नका लागि आवश्यक कौशल हुँदैन। विद्यार्थीहरूले विभिन्न डिजिटल विकल्पहरूबाट भ्रमित भएर प्रायः आफ्नो सिकाइ क्षमताको पहिचान गर्न असक्षम हुन्छन् जसले सिकाइको गुणस्तरमा असर पुर्याउन सक्छ ।

सामान्यतया विद्यार्थीहरू ग्रेडमा बढी ध्यान दिन्छन् र उनीहरूको सिकाइ प्रक्रियामा सुधार गर्न तर्फ कम ध्यान दिन्छन् । विभिन्न अनुसन्धानले देखाए अनुसार विद्यार्थीहरूले सिकाइ प्रक्रियामा मात्र ध्यान दिनुको सट्टा उनीहरूले प्रायः  ग्रेडलाई मूल्यांकन गर्ने गर्दछन्। यसले विद्यार्थीहरूको सिकाइ रणनीतिहरूमा सुधार ल्याउन गाह्रो बनाउँछ।

सिकाइको प्रक्रिया किन महत्त्वपूर्ण छ?

सिकाइको मुख्य उद्देश्य केवल विद्यार्थीलाई उत्कृष्टता प्राप्त गराउनु मात्र होइन दीर्घकालीन सिकाइ क्षमता पनि सृजना गर्नु हो । विद्यार्थीलाई भविष्यका लागि आवश्यक दक्षताहरू सिकाउनका लागि शिक्षाको भूमिका महत्वपूर्ण छ । त्यसैले डिजिटल उपकरणहरूको प्रभावलाई केवल तत्कालका परिणामहरूको रूपमा मात्र होइन दीर्घकालीन सिकाइको प्रभावको रूपमा पनि मूल्यांकन गर्नु महत्त्वपूर्ण हुन्छ ।

केही अवस्थामा जनरेटिभ एआई विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहयोग मात्र प्रदान गर्न सक्छ । उदाहरणका लागि यदि विद्यार्थीले ChatGPT बाट नक्कल गरिएका निबन्धलाई नबुझी जस्ताकाे तेस्तै प्रस्तुत गर्छ भने त्यो विद्यार्थीले छोटो अवधिमा राम्रो ग्रेड पाउन सक्छ तर यसले विद्यार्थीको वास्तविक सिकाइलाई प्रभावित गर्दैन ।

दीर्घकालीन सिकाइको लागि विद्यार्थीहरूले एआईका कार्यविधिहरू बुझ्न आवश्यक छ र यसलाई एक सहयोगी उपकरणको रूपमा प्रयोग गर्न सिक्नुपर्छ। यसो गर्दा, विद्यार्थीहरूलाई आफ्नो सिकाइमा पूर्ण नियन्त्रण हुनेछ र एआई केवल एक सहायकको रूपमा काम गर्नेछ । ऐजेन्सीको सहयोग ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया