काठमाडौं – बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सीसा राखिएको छ । उनको बरण्डा र झ्याल बुलेटप्रुफ सीसा राखिएको हो ।
गतवर्ष अप्रिलमा सलमानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार गरिएको थियो । त्यतिबेलादेखि सलमानको घरमा सुरक्षा बढाइएको थियो । अहिले उनको घरमा बुलेटप्रुफ सीसा राखिएको हो ।
सुरक्षा थ्रेटको कारण सलमान बालकनीमा समेत आउँदैन थिए । अब उनले बुलेटप्रुफ बालकनीबाट इदमा फ्यानलाई अभिवादन गर्नेछन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार सलमानको अपार्टमेन्ट बाहिर मर्मतको काम चलेको छ ।
उनले महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पनि पाएका छन् । बाबा सिद्दिकीको हत्या भएपछि उनको सुरक्षा घेरा बढाइएको थियो । हाल सलमान आगामी फिल्म क्सिकन्दर’को छायांकनमा व्यस्त छन् । जुन फिल्म इदको अवसरमा रिलिज हुनेछ ।