Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोरोना महामारी फैलिएको पाँच वर्षपछि चीनमा पुनः अर्को नयाँ भाइरसको संक्रमण देखापरेको छ। यो नयाँ भाइरसलाई ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) भनिन्छ, जसले कोरोना भाइरसजस्तै लक्षण देखाउँछ। स्वास्थ्य अधिकारीहरूका अनुसार, एचएमपीभी एक आरएनए भाइरस हो। यसले विशेषतः साना बालबालिकालाई प्रभावित बनाउँदै आएको छ। संक्रमित बिरामीहरूमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटी दुख्ने जस्ता समस्या देखिन्छ। इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ समेत यस संक्रमणसँगै देखिन थालेका छन्।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले खास गरी अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी) भएका बिरामीहरूमा एचएमपीभीको जोखिम उच्च भएको जनाएको छ। संक्रमित बिरामीको भिडभाडबारे सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल भई, कतिपय स्थानमा संकटकाल लागू गरिएको दाबी गरिएको छ। यस भाइरसको पहिलो पहिचान सन् २००१ मा डच वैज्ञानिकले गरेका थिए। तर यो ६ दशकअघिदेखि नै रहेको बताइन्छ। एचएमपीभी सबै मौसममा टिक्नसक्ने भए पनि चिसो मौसममा बढी फैलिने सम्भावना रहन्छ।

कोभिड–१९ का सुरुवाती संक्रमणको जस्तै रहस्यमयी प्रकृतिका कारण एचएमपीभीले नयाँ चुनौती सिर्जना गरेको छ। चीनले यस भाइरसको नियन्त्रणका लागि नयाँ निगरानी प्रणाली परीक्षण गरिरहेको रोयटर्सले जनाएको छ। यस भाइरसबारे कुनै आधिकारिक बयान दिन चीनले अहिलेसम्म नखोले पनि संक्रमणको संख्या बढ्दै गइरहेको स्वास्थ्य विशेषज्ञहरूले उल्लेख गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया