Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बाँके जिल्लाका सबै स्थानीय तहमा कुपोषित बालबालिका भेटिएका छन्। पछिल्लो पाँच महिनामा दुई वर्षभन्दा कम उमेरका १,५८८ बालबालिका कुपोषणबाट प्रभावित फेला परेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन देवनारायण उपाध्यायले कुपोषण घट्दै गए पनि समस्या पूरै समाधान नभएको बताए। उनका अनुसार जानकी र नरैनापुर गाउँपालिकामा कुपोषणको दर उच्च रहेको छ भने कोहलपुर नगरपालिकामा तुलनात्मक रूपमा कम छ।

जानकी गाउँपालिकामा ३७४, नरैनापुर गाउँपालिकामा ३५१, नेपालगञ्ज उपमहानगरपालिकामा २२१, डुडुवा गाउँपालिकामा १०७, राप्ती सोनारीमा १५०, कोहलपुरमा ६०, बैजनाथमा २३५ र खजुरामा ९१ बालबालिका कुपोषित छन्। संघ, प्रदेश र स्थानीय सरकारले कुपोषणको समस्या समाधान गर्न पोषण विशेष कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्। उपाध्यायले कुपोषण मधेसी र मुस्लिम समुदायमा बढी देखिएको तथ्यांक प्रस्तुत गरे।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले कुपोषण घट्ने दर अपेक्षाभन्दा धीमा रहेको र अझै सन्तोषजनक नभएको बताएका छन्। जानकी र डुडुवा गाउँपालिकाका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्मको प्रयासले केही सुधार भए पनि थप सक्रियता आवश्यक छ।

 

 

तपाईको प्रतिक्रिया