Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसले क्यान्सरविरुद्धको खोप निर्माणमा सफलता हात पारेको दाबी गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गत रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका प्रमुख आन्द्रेई काप्रिनले यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग पुष्टि गरेका छन्।

हालसम्म खोपको नाम सार्वजनिक नगरिए पनि रुसले यसलाई शताब्दीकै ठूलो उपलब्धि भएको बताएको छ। रुसी सञ्चारमाध्यमका अनुसार, यो खोप सन् २०२५ को सुरूवातमा सार्वजनिक गरिनेछ र नागरिकहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने योजना रहेको छ।

खोपको क्लिनिकल परीक्षणले सकारात्मक नतिजा दिएको उल्लेख गरिएको छ। जसमा खोपले ट्युमरको वृद्धि रोक्न मद्दत गरेको देखिएको छ। यसै वर्षको सुरुआतमा राष्ट्रपति भ्लादिमिर पुटिनले पनि क्यान्सरको खोप निर्माण नजिक रहेको बताएका थिए।

यस खोपले अन्य खोपहरूभन्दा छिटो एन्टिबडी उत्पादन गर्न सक्षम रहेको दाबी गरिएको छ। साथै, यो खोप रुसको आफ्नै ‘एमआरएनए’ प्रविधिमा आधारित पहिलो खोप हो भन्ने जानकारी सार्वजनिक गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया