Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसले क्यान्सरविरुद्धको खोप निर्माणमा सफलता हात पारेको दाबी गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गत रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका प्रमुख आन्द्रेई काप्रिनले यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग पुष्टि गरेका छन्।

हालसम्म खोपको नाम सार्वजनिक नगरिए पनि रुसले यसलाई शताब्दीकै ठूलो उपलब्धि भएको बताएको छ। रुसी सञ्चारमाध्यमका अनुसार, यो खोप सन् २०२५ को सुरूवातमा सार्वजनिक गरिनेछ र नागरिकहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने योजना रहेको छ।

खोपको क्लिनिकल परीक्षणले सकारात्मक नतिजा दिएको उल्लेख गरिएको छ। जसमा खोपले ट्युमरको वृद्धि रोक्न मद्दत गरेको देखिएको छ। यसै वर्षको सुरुआतमा राष्ट्रपति भ्लादिमिर पुटिनले पनि क्यान्सरको खोप निर्माण नजिक रहेको बताएका थिए।

यस खोपले अन्य खोपहरूभन्दा छिटो एन्टिबडी उत्पादन गर्न सक्षम रहेको दाबी गरिएको छ। साथै, यो खोप रुसको आफ्नै ‘एमआरएनए’ प्रविधिमा आधारित पहिलो खोप हो भन्ने जानकारी सार्वजनिक गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया