Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – मंसिर १४ गते प्रदर्शन हुने फिल्म ‘सत्या’को ट्रेलर सार्वजनिक गरिएको छ। मिलन आले मगरको निर्देशनमा तयार पारिएको यो फिल्म विकास थापा मगरको प्रस्तुति हो। फिल्ममा राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, विकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर र ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुति रहेको यस फिल्मका निर्माता सुमन खत्री र झुम्कादेवी कालाखेती हुन्। फिल्मको कथा श्रवण सम्राटले लेखेका हुन् भने छायांकन सुमनकुमार तण्डुकारले गरेका छन्।

फिल्मका गीतमा विकास चौधरीले संगीत भरेका छन्। कोरियोग्राफी रामजी लामिछाने, सुरेश पाण्डे, र सुरेन बसेलले गरेका छन् भने तारा थापा ‘किम्भे’ले सम्पादनको जिम्मेवारी सम्हालेका छन्। ‘सत्या’को टिमले प्रस्तुत गरेको ट्रेलरले दर्शकलाई मनोरञ्जन र उत्सुकताको संकेत दिँदै आगामी प्रदर्शनको लागि थप प्रतिक्षामा राखेको छ।

यस्तो छ ट्रेलर :

तपाईको प्रतिक्रिया