Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख चिप निर्माता एनभिडिया र सफ्टबैंकले संयुक्त रूपमा विश्वको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फाइभजी टेलिकम नेटवर्क सुरु गरेका छन्।

यो नेटवर्कले एआई–आरएएन (आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क) प्रक्रिया मार्फत एआई र ५जीको वर्कलोडलाई सहज रूपमा व्यवस्थापन गर्ने क्षमता राख्छ। जसले उच्च गतिको डाटा प्रसारणलाई सुनिश्चित गर्छ। यसको प्रयोगबाट टाढाबाटै स्वचालित सवारी साधन र रोबोटिक उपकरणहरू सञ्चालन गर्न सकिनेछ।

सफ्टबैंकका सीईओ मासायोशी सोनले एनभिडियाका सीईओ जेन्सेन हुआङसँग एआई सम्मेलनमा बोल्दै अन्य टेलिकम कम्पनीहरूले पनि यो नयाँ प्रविधिलाई पछ्याउनुपर्ने सुझाव दिए।

यो नयाँ प्रविधिमा एनभिडियाले आफ्नो जेनेरेटिभ एआई मोडलका लागि बनाएको सुपरकम्प्युटरमा प्रयोग हुने ब्ल्याकवेल चिप पहिलो पटक सफ्टबैंकलाई उपलब्ध गराएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया