Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको छ। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो फिल्मले दर्शकहरूलाई हलसम्म आकर्षित गर्न सफल भएको छ।

पहिले ‘बेहुली फ्रम मेघौली’ ले ३३५ सो पाउँदै कीर्तिमान बनाएको थियो। तर एक महिनामै ‘पूर्णबहादुरको सारङ्गी’ ले यो रेकर्ड तोडेको छ। प्रारम्भमा हलवालाहरूले यस चलचित्रलाई धेरै विश्वास गरेका थिएनन्। तर कात्तिक १५ गते रिलिज भएपछि यसको प्रदर्शन उत्कृष्ट रह्यो।

बिहीबार देशभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाउँदै यसले नेपाली चलचित्रको इतिहासमा एकै दिन सबैभन्दा धेरै ‘सो’ पाउने चलचित्र बनेको छ। तर, तिहारको अघिल्लो दिन दुई भारतीय फिल्म ‘सिङ्घम अगेन’ र ‘भुलभुलैया ३’ रिलिज भएपछि ‘पूर्णबहादुरको सारङ्गी’ को ‘सो’ घटेर ५७ मा सीमित भएका थिए। फिल्मले हाल चार सयभन्दा बढी ‘सो’ पाएको जानकारी वितरक प्रचण्डमान श्रेष्ठले दिएका छन् र अझै केही हलबाट तथ्यांक आउन बाँकी छ।

तपाईको प्रतिक्रिया