Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कलाकार सूर्यमान शंकर (इकु) रिहा भएका छन् । युरोप पठाउने भिसाको बहानामा ठगी गरेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका उनी ५ लाख धरौटी तिरेर छुटेका हुन्। काठमाडौं जिल्ला अदालतले शंकरलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीमाथि गैर-कलाकारलाई सांस्कृतिक कार्यक्रमका नाममा क्यानडा, अष्ट्रेलिया र अन्य युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको थियो।

२६ भदौमा पक्राउ परेका शंकरले विदेश जाने व्यक्तिहरूको नक्कली कागजात बनाउने गरेको सूचनाका आधारमा सीआईबी टोलीले उनलाई पक्राउ गरेको थियो। न्यायाधीश खिमानन्द भुषालको इजलासले १४ असोजमा धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएको सूचना अधिकारी मेलिस बासकोटाले जनाएका छन्।

तपाईको प्रतिक्रिया