काठमाडौँ – नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। निर्माण टिमले बिग मुभिज, कमलपोखरीमा बिहीबार यस ट्रेलरको रिलिज गरेको हो।
ट्रेलर विमोचन समारोहमा निर्देशक सरोज पौडेलले चलचित्रको कथा एक साधारण बुबाको जीवन संघर्षमा आधारित रहेको स्पष्ट पारे। उनले भने अनुसार, बुबाले आफ्ना सन्तानको सपना पूरा गर्नका लागि गरेका प्रयासहरू र ती प्रयासहरूका बीचमा उनले भोग्ने पीडालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।
उनले भने, ‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा हो । बुवा आमाले हाम्रो जिन्दगीमा योगदान धेरै पुगाएका हुन्छन् । हाम्रो समाज, संस्कृतिसँग जोडिएका कुराहरु यस चलचित्रमा प्रस्तुत गरेका छौं । ’
पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।








