Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज (बुधबार) काठमाडौंमा ‘१२ गाउँ’ चलचित्रको शो संख्याले ‘छक्का पञ्जा–५’लाई पछि पारेको छ। क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान ६ बजेपछि ‘१२ गाउँ’लाई ३२ शो दिइएको छ भने ‘छक्का पञ्जा–५’लाई ३१ शोमा सीमित गरिएको छ।

मंगलबारसम्म यी दुवै चलचित्रले क्यूएफएक्सका काठमाडौंस्थित आउटलेटहरूमा समान शो पाएका थिए। शुरुवातमा ‘छक्का पञ्जा–५’ले क्यूएफएक्समा ३८ शो पाएको थियो, जबकि ‘१२ गाउँ’लाई २२ शो दिइएको थियो। तर, विस्तारै ‘१२ गाउँ’को शो संख्या बढ्दै गयो र छैटौं दिनमा आएर ‘छक्का पञ्जा–५’लाई बराबरीमा ल्यायो। सातौं दिनमा भने ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेर एक शो बढी पायो। अन्य मल्टिप्लेक्समा भने विभिन्न स्थानहरूमा दुवै फिल्मको शो संख्या फरक फरक रहेको छ।

तपाईको प्रतिक्रिया