Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) माथि प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अदालतले एक्सले कानूनी प्रतिनिधि नियुक्त गर्न नसकेको कारण यो निर्णय गरेको हो। न्यायाधीश अलेक्जेण्डर डी मोरेसले एक्समाथि तत्काल र पूर्ण प्रतिबन्धको आदेश दिए।

अप्रिलमा एक्सविरुद्ध गलत सूचना प्रवाहको आरोपमा मुद्दा परेको थियो, जसको सुनुवाइपछि अदालतले दर्जनौं अकाउन्टहरू बन्द गर्न आदेश दिएको थियो। यो आदेशपछि, एक्सका मालिक एलन मस्कले न्यायाधीशहरूलाई राजनीतिक रूपमा नियुक्त गरिएको भन्दै उनीहरूले स्वार्थपूर्तिका लागि अकाउन्टहरू निलम्बन गरेको आरोप लगाए।

अदालतले एक्सलाई कानूनी प्रतिनिधि नियुक्त गर्न भने पनि, एक्सले त्यो आदेश पालना गरेन। त्यसैले, पाँच दिनभित्र ब्राजिलमा एक्स चलाउन निषेध गरिएको छ। साथै, अदालतले एप स्टोर र गुगल प्ले स्टोरबाट एक्स एप हटाउन निर्देशन दिएको छ। भीपीएन प्रयोग गरेर एक्स चलाए ५० हजार डलर जरिवाना हुने पनि अदालतले आदेश गरेको छ। यो प्रतिबन्ध एक्सले कानूनी प्रतिनिधि नियुक्त नगरेसम्म जारी रहनेछ।

तपाईको प्रतिक्रिया